१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

इन्काउन्टरका नाममा नागरिकको हत्या गर्न पाइदैनः अध्यक्ष शर्मा (भिडियोसहित)

२६ साउन, काठमाडाैँ । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले इन्काउन्टरका नाममा नागरिकको हत्या गर्न नपाइने बताएका छन । अध्यक्ष शर्माले मुठभेडमा व्यक्तिलाई गोली हानी मार्ने पद्धति न्याय विपरीत रहेको बताउँदै मानवअधिकार उल्लङ्घन हुँदा नागरिक सङ्घसंस्था चुप लागेर बस्न नहुने धारणा व्यक्त गरे ।

गाेगाे फाउण्डेशनले शुक्रबार आयोजना गरेको ‘नागरिक संस्थाहरुको दिगोपन सूचक मापन सार्वजनिक र ‘गोगो फाउण्डेशन अवार्ड–२०१७’ वितरण समारोहमा प्रमुख अतिथिको रूपमा सम्बाेधन गर्दै अध्यक्ष शर्माले नेपालमा मान्छे मार्ने कानुन नभएको बताए । उनले राजनीतिमा अपराध बढेका कारण पत्रकारमाथि खतरा रहेको बताए ।

भिडियो हर्नुहोस्

प्रकाशित मिति : २६ श्रावण २०७५, शनिबार २०:१५