१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

अबिर र फूलमाला बिनै दाहाल यज्ञनिधीलार्इ श्रद्धाञ्जली, शव त्रिवि शिक्षण अस्पताललार्इ दान

२६ साउन, काठमाडाैँ । साहित्यिक पत्रकारिताका धरोहर साहित्यकार तथा सञ्चारकर्मी दाहाल यज्ञनिधिको पार्थिव शरीर श्रद्धाञ्जलीको लागि काठमाडौंको मण्डिखाटारमा रहेको घरमा राखिएको छ ।

दाहालकी श्रीमती सुदा र आमाले सेतो कपडा ओढाएपछि उनको शव श्रद्धाञ्जलीको लागि राखिएको हो । श्रद्धाञ्जलीको लागि दुई घण्टा घरमा राखेपछि दाहालको इच्छा अनुसार अाज दिउँसो १२ बजे उनको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जलाई हस्तान्तरण गरिने छ ।

यस्तै श्रद्धाञ्जलीमा राखिएकाे दाहालको शवमा अबिर र फूलमाला नचढाउन पनि आफन्तले आग्रह गरेका छन् । दाहालको इच्छा अनुसार नै फूलमाला नचढाउन आग्रह गरेको उनीहरुले बताएका छन् । दाहालको उपचारको क्रममा शुक्रबार सुमेरु अस्पतालमा निधन भएको थियो ।

प्रकाशित मिति : २६ श्रावण २०७५, शनिबार ११:०१