१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

दाइजो थोरै ल्याएको भन्दै एक वर्षदेखि पारिवारकाे चरम यातनामा इनरुवाकी सञ्जिला

२६ साउन,इनरुवा । सुनसरी भोक्राहा नरसिह गाउँपालिका–१ का सञ्जिला खातुनलाई विवाहमा थोरै दाइजो ल्याएको निहुँमा एक वर्षदेखि परिवारले चरम यातना दिँदै आएका छन् । भोक्राहा नरसिंह–१ का सराज मियाँकी छोरी सञ्जिला खातुनको विवाह डेढ वर्ष अगाडि भोक्राहा नरसिहं–५ का सद्धाम मियाँसँग भएको थियो ।

श्रीमान् र उनका बाबु–आमासमेतले विवाह भएको केही महिनादेखि तिम्रा बुबाले दाइजोमा थोरै रकम दिएको र थप रकम नदिए ठीक नहुने भन्दै शारीरिक तथा मानसिक यातना दिँदै आएको पीडित सञ्जिला खातुनले बताउनुभयो ।

दैनिक काममा लगाउने तर खानदिन भने बेवस्था गर्ने र बेलुका भएपछि कुटपिट समेत गर्ने गरेकाले माइतीमा गएर जानकारी गराएपछि परिवारका सदस्यलाई सम्झाउँदासमेत बेवास्था गरेकाले न्यायका लागि शुक्रबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको उहाँले जानकारी दिनुभयो ।

दिउस घरमा काम नगरी किन बसेको भन्दै सासू–ससुरा मुस्तुकले खानसमेत नदिई बाहिर काम गर्न पठाउने र श्रीमान्ले तलाक दिएर सम्बन्धबिच्छेद गर्न बाध्य नहुञ्जेल कुट्न नछाडने भनी कुट्ने गरेकाले प्रहरीसमक्ष घटनाको बारेमा उजुरी दिएको सञ्जिलाले पीडा सुनाउनुभयो ।

हालसम्म सन्तानसमेत नभएकाले सञ्जिलाका श्रीमान्ले विवाह दर्ता गरेर नागरिकसमेत बनाउन अस्विकार गर्दै आएकाले ज्वाइँको नियत छोरीलाई दुःख दिने मात्र भएको बुबा सराजले बताउनुभयो । जिल्ला प्रहरी कार्यालयले कुटपिटको घटना भनी निवेदन परेकाले यसबारेमा दुवै पक्षसँग बुझ्ने कार्य भइरहेकाले दोषी पाइएमा कारवाही गर्ने जनाएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७५, शनिबार ०९:२५