२५ मंसिर २०८२, बिहीबार | Thu Dec 11 2025

आइएमई जनरल इन्स्योरेन्सको हकप्रद शेयरमा आजबाट आवेदन दिन सकिने

२२ फागुन, काठमाडाैँ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले आजदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेकाे छ । इन्स्योरेन्सले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ४ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

इन्स्योरेन्सले एक सय रुपैयाँ अंकित दरका ४६ करोड ३० लाख ३४ हजार ४०० रुपैयाँ बराबरको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद जारी गर्नेछ। इन्स्योरेन्सले फागुन १ गते बुकक्लोज गरेको थियो। यसअनुसार माघ २७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम यस इन्स्योरेन्सका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्।

इन्स्योरेन्सको हकप्रद शेयरको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले इन्स्योरेन्सलाई इक्राएनपी आईआर त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ। यसले वित्तीय दायित्व पुरा गर्न मध्यम जोखिममा रहेको संकेत गर्दछ। हाल १ अर्ब १५ करोड ७५ लाख ८६ हजार रुपैयाँ रहेको यस इन्स्योरेन्सको चुक्ता पूँजी हकप्रद निष्काशनपछि १ अर्ब ६२ करोड ६ लाख २० हजार ४०० रुपैयाँ पुग्नेछ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आईतवार १२:१०