१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

चितवनको जुगेडीमा भारतीय ट्रक खोल्सामा खस्यो, दुर्इ जनाको मृत्यु, एक जना घाइते

२६ साउन, काठमाडाैँ । चितवनको जुगेडीमा भारतीय ट्रक खोल्सामा खस्दा दुर्इ जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन । नारायणगढ–­मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका-२९ जुगेडी पुलबाट भारतीय नम्वर प्लेटको एमएच ४२ टी ०३४३ नम्बरको ट्रक खोल्सामा खसेको हो ।

 दुर्घटनामा ट्रक चालक भारतको बलरामपुर बस्ने २५ वर्षीय जुबेर मोहम्मद र नाम थर नखुलेका अर्का एकजना पुरुषको मृत्यु भएको छ । एक जनाको घटनास्थलमा नै र अर्काको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा भारत बलरामपुरकै करिव ४० वर्षका फिरोज आलमको पुरानो मेडिकल कलेजमा उपचार भैरहेको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७५, शनिबार ०८:२६