१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

नेकपाका नेता खिमलाल भट्टरार्इलार्इ जापान प्रवेशमा रोक, विमानस्थलबाटै अपमानित गरि फर्काइयो

२५ साउन, काठमाडाैँ । नेकपा नेता एवम् नेकपाका तर्फबाट राष्ट्रियसभाका प्रमुख सचेतक खिमलाल भट्टरार्इलार्इ जापान सरकारले जापान प्रवेशमा रोक लगाएको छ ।

निशस्त्रीकरणसम्बन्धी कार्यक्रममा सहभागी हुन जापानको हिरोशिमा गएका भट्टरार्इलार्इ त्यहाँको अध्यागमन विभागले अपमानित रूपमा दूर्व्यवहार गरी नेपाल नै फर्काइदिएको हो । अगस्ट ३ मा एक हप्ताका लागि जापान लागियो भन्दै भट्टरार्इले कालाे चश्मासहितको फोटो फेसबुकमा पोस्ट गरेका थिए ।

टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थालको अध्यागमनले भट्टरार्इलार्इ चार घण्टा नियन्त्रणमा राखेर नेपाल नै फिर्ता गरिदिएको हो । भट्टरार्इसँगै गएका अनेरास्ववियुका पूर्व अध्यक्ष किशोर विक्रम मल्ल र अर्का दुर्गा शर्मालार्इ भने अध्यागमनले प्रवेश गर्न दिएको थियो । नेपाल फर्किएका नेता भट्टराईले जापान अध्यागमनले फर्काइएको विषयमा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीसहित पार्टीका नेताहरुलाई जानकारी दिएका छन् ।

प्रकाशित मिति : २५ श्रावण २०७५, शुक्रबार २२:००