११ आश्विन २०८१, शुक्रबार | Fri Sep 27 2024

समृद्धि फाइनान्स र बिज बजारबीच सम्झौता, खाता खोल्नेले २०० को सपिङ्ग भौचर पाउने

२० फागुन, काठमाडाैँ । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र अनलाइन कम्पनी बिज बजारबीच शुक्रबार सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा फाइनान्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत टिका निधि लोहनी र बिज बजारका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज गौतमले हस्ताक्षर गरेका छन ।

सम्झौतापछि समृद्धि फाइनान्सका ग्राहकहरुले नयाँ खाता खोलेवापत दुई सय रूपैयाँको सपिङ्ग भौचर पाउनेछन् । साथै, एक वर्ष समयावधि भएको एक लाख वा सो भन्दा बढी को मुद्धति खाता खोले वापत पाँचसयको सपिङ्ग भौचर प्राप्त गर्नेछन ।

समृद्धि फाइनान्सका ग्राहकले बिज बजारबाट सामान खरिद गर्दा १० प्रतिशतसम्म छुट पाउनेछन् । यो सुविधाबाट फाइनान्सका सम्पुर्ण ग्राहकहरु लाभान्वित हुने विश्वास लिएको प्रमुख कार्यकारी अधिकृत लोहनीले बताए । सो नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स पाँचवटा शाखाहरुबाट सेवा प्रवाह गर्दै आएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार १७:५१