३ पुष २०८२, बिहीबार | Thu Dec 18 2025

नेष्डो लघुवित्तको आईपीओ मंगलबार बाँडफाँड हुने

२० फागुन, काठमाडाैँ । नेष्डो समृद्द लघुवित्तले निष्काशन गरेको आईपिओ बाँडफाँड मंगलबार हुने भएको छ । आइतबार ‘प्रि अलटमेन्ट’ र मंगलबार सेयर बाँडफाँड हुने कम्पनीले जनाएकाे छ ।

आईपिओमा २५ लाख ९९ हजार ५९८ जना आवेदकबाट ३ करोड १ लाख १३ हजार ७ सय कित्ताको लागि आवेदन परेको छ । यो माग गरिए भन्दा ३८.८७ गुणा बढी हो ।

कम्पनीले फागुन ११ गतेदेखि सर्वसाधारणलाई आईपिओ निष्काशन बिक्रि खुला गरेको थियो । कम्पनीले प्रति कित्ता १०० अंकित दरले हुन आउने ८ करोड २८ लाख ७५ हजार बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता शेयर निष्काशन गरेको हो ।

जस मध्ये ०.५ प्रतिशत अर्थात् १२ हजार ७ सय ५० कित्ता कम्पनीको कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् ४१ हजार ४ सय ३७ कित्ता सामूहिक लगानी कोषको लागि छुट्याईएको छ । बाँकि रहेको ७ लाख ७४ हजार ५ सय ६३ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरिएको थियो ।

कम्पनीको बिक्रि प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल छ । ७७ हजार ४ सय ५६ जनाले मात्र शेयर पाउने छन् । यस हिसाबमा आवेदन दिएकामध्ये २५ लाख बढी आवेदक हात खाली हुने छन् ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार १२:५८