१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

राष्ट्रको ध्यान अब समृद्धि तर्फ हुनुपर्छः  अध्यक्ष तिमिल्सिना

२५ साउन,नवलपरासी । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रको ध्यान अब समृद्धिको अभियानतर्फ केन्द्रीत हुन जरुरी रहेको बताउनुभएको छ । आज पश्चिम नवलपरासीको परासीमा उद्योग वाणिज्य सङ्घले उहा“को स्वागत तथा सम्मानमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले यस्तो बताउनुभएको हो ।

सबै राजनीतिक दल अब देशको चौतर्फी विकासमा लाग्नुपर्ने विचार राख्दै अध्यक्ष तिमिल्सिनाले यो देशको समृद्धि र विकास सबै दलको प्राथमिकता हुनुपर्ने बताउनुभयो । सो अवसरमा राष्ट्रियसभाका सदस्य रामलखन हरिजनले सरकारले भष्ट्राचार निर्मूल पार्ने योजना बनाएकाले सो अभियानलाई सबैले सफल बनाउनुपर्ने बताउनुभयो ।

यसैबीच राष्ट्रियभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आजै नवलपरासीको गण्डक क्षेत्र, यसैगरी रामग्राम स्तुपको समेत अवलोकन गर्नुभयो । रामग्राम स्तुपको अवलोकन गर्दै अध्यक्ष तिमिल्सिनाले लुम्बिनीस“ग जोडिएको रामग्राम, तिलौराकोट लगायतका सबै क्षेत्रका विकास आवश्यक रहेको बताउनुभयो ।

प्रकाशित मिति : २५ श्रावण २०७५, शुक्रबार २०:०७