१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

अवैधरुपमा भारततर्फ लैजाँदै गरेको २४० किलो कालो मरिच बरामद

२५ साउन,बाँके । अवैधरुपमा भारततर्फ लैजाँदै गरेको २४० किलो कालो मरिच सशस्त्र प्रहरीले नेपालगञ्जको जमुनाहा नाकाबाट बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल हेडक्वार्टर नं ३० गण बाँकेको टोलीले मरिच बरामद गरेको हो । सशस्त्र प्रहरीको टोलीले रु एक लाख ५६ हजार मूल्य बराबरको कालो मरिच जमुनाहाबाट नियन्त्रणमा लिएको थियो ।

बरामद गरिएको मरिच र मरिच बोक्न प्रयोग गरिएको ना २ स ७२६ नंको अटोरिक्सा आवश्यक कारवाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ । यति ठूलो परिमाणमा बाँकेमा कालो मरिच समातिएको सम्भवतः यो पहिलो पटक भएको सशस्त्र प्रहरी उपरीक्षक भेषबहादुर शाहले बताउनुभयो ।

नेपालमा भन्दा भारतीय बजारमा कालो मरिचको मूल्य प्रतिकिलो रु २०० भन्दा बढी पर्ने भएका कारण आयातकर्ताले भारततर्फ अवैधरुपमा लैजाने गरेको सशस्त्र प्रहरीले जनाएको छ । भारत सरकारले किसानलाई प्रोत्साहन गर्न तेस्रो मुलुकबाट मरिच आयातमा कडाइ गरेपछि नेपालबाट यसको तस्करी बढेको सशस्त्र प्रहरीको दाबी छ ।

प्रकाशित मिति : २५ श्रावण २०७५, शुक्रबार १९:३६