१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

ऊर्जा सहयोगबाट नेपाल र बंगलादेशकाे मित्रता अघि बढ्ने

२५ साउन,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहनुभएका बंगलादेशका विद्युत्, ऊर्जा र खनिज राज्यमन्त्री नसरुल हमिदबीच दुई देशबीचको आपसी हित, व्यापार तथा वाणिज्यलगायत विषयमा छलफल भएको छ ।

सो अवसरमा प्रधानमन्त्री ओलीले आगामी भदौ १४ र १५ गते हुन लागेको बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) शिखर सम्मेलनका क्रममा बंगलादेशका प्रधानमन्त्री शेख हसिनालाई स्वागत गर्न नेपाल सरकार आतुर रहेको बताउनुभयो ।

बङ्गलादेशी राज्यमन्त्री हमिदले नेपाल र बंगलादेशको मैत्री सम्बन्धलाई आर्थिक, सामाजिक तथा ऊर्जा सहयोगका माध्यमबाट नयाँ उचाइमा पु¥याउने लक्ष्य राखिएको बताउनुभयो । दुई देशबीच ऊर्जा क्षेत्रमा सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर गर्न राज्यमन्त्री नसरुल बिहीबार यहाँ आइपुग्नुभएको हो ।

प्रकाशित मिति : २५ श्रावण २०७५, शुक्रबार १६:४९