५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

सुनको मूल्य तोलामा ६०० रुपैयाँले घट्यो


१७ फागुन, काठमाडौँ । सुनको भाउ मंगलबार प्रतितोलामा ६०० रुपैयाँको दरले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९७ हजार ६०० रुपैयाँ कायम भएको छ ।

सोमबार छापावाल सुन तोलाको ९८ हजार २०० रपैयाँमा कारोबार भएको थियो । यसैगरी मंगलबार तेजावी सुनको भाउ तोलाको ९७ हजार १०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँको दरले घटेको छ । सोमबार एक हजार ३४० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार एक हजार ३३५ रुपैयाँमा निर्धारण भएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलवार ११:१९