१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

अबरूद्ध भएको सात दिनमा पनि खुेलन नुवाकोटको पासाङ ल्ह्ममु राजमार्ग, यात्रुलार्इ सास्ती

२५ साउन, काठमाडाैँ । अबरूद्ध भएको सात दिनमा पनि नुवाकोटको पासाङ ल्ह्ममु राजमार्ग सञ्चालनमा नअाएपछि यात्रुले सास्ती व्यहोर्नु परेको छ । नुवाकोट जिल्लाको ककनी गाउँपालिका १ अोखरपाैवामा सडक भासिएपछि सडक अबरूद्ध भएको साता दिन भएको छ । तर सडक मर्मतका लागि ठोस काम नहुँदा दिनहुँ उक्त मार्ग प्रयोग गरेर अावत जावत गर्ने रसुवा, नुवाकोट र धादिङका केही भेगका जनता मर्कामा परेका छन । .

काठमाडाैँबाट नुवाकोट प्रवेशको एकमात्र मुख्य मार्गनै बन्द भएपछि ककनी र बेलकोटका जनताले घुमेर गल्छी र छहरेको बाटो प्रयोग गर्नुपर्ने अवस्था सिर्जना भएको छ । बोलकोटगढी स्थायी घर भएका सुशील कोइरालाले सामाजिक सञ्जाल मार्फत बाटो मर्मत गर्न सरकारको ध्यानाकर्षण गराएका छन ।

सडक भाँसिदा सबैभन्दा बढी समस्या बिरामीहरूलार्इ परेको छ । बिरामीलार्इ एम्बुलेन्सबाट अोरालेर १०० मिटर सडकमा स्ट्रेचरमा बोक्नु पर्ने अवस्था रहेको छ । तस्बीरः सुशील कोइरालाको फेसबुकबाट । 

प्रकाशित मिति : २५ श्रावण २०७५, शुक्रबार १३:०३