१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

जदाै भनेर श्रोताको ध्यान तान्ने सञ्चारकर्मी दाहाल यज्ञनिधी गम्भिर बिरामी

२५ साउन, काठमाडाैँ । रेडियो नेपालमा साहित्यिक कार्यक्रम चलाउँदा जदाै भनेर श्रोताको ध्यान तान्ने साहित्यकार तथा सञ्चारकर्मी दाहाल यज्ञनिधी गम्भिर बिरामी परेका छन ।

बुधबार डायलासिस गर्ने क्रममा अचेत भएपछि दाहाललार्इ आईसीयूमा भर्ना गरिएको परिवारले जनाएको छ । २०५७ सालमा मृगौला फेल भएपछि डायलसिस गर्दै आएका दाहालको काठमाडौंको अन्नपूर्ण न्यूरो अस्पतालमा आईसीयूमा राखेर उपचार भइरहेको छ ।

उनको टाउकोमा रगत जमेको उपचारमा संलग्न डाक्टरले बताएकाछन । टाउकोमा रगत जमेको र सँगै डायलासिस पनि गर्नुपर्ने भएकाले उनको अवस्था गम्भीर रहेको चिकित्सकले बताएका छन ।

प्रकाशित मिति : २५ श्रावण २०७५, शुक्रबार ११:५०