१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

दुई प्रकारका पासपोर्ट थप्ने सरकारको प्रस्ताव, अब ६ प्रकारको हुने

२५ साउन, काठमाडाैँ । सरकारले दुई प्रकारका पासपोर्ट थप्ने प्रस्ताव गरेको छ । दुर्इ प्रकारका पासपोर्ट थपिएपछि अब पासपोर्ट ६ प्रकारका हुने भएको छ । अहिले कुटनीतिक, विशेष, साधारण र यात्रा अनुमतिपत्र अर्थात ट्राभल डकुमेन्ट गरी चार प्रकारका पासपोर्ट हुने गरेकोमा अब  ‘सर्भिस पासपोर्ट’ र ‘सिम्यान्स पासपोर्ट’ थपिने भएका छन ।

कूटनीतिक कर्मचारी या विशेष पासपोर्टधारीले विदेशमा लैजाने सहयोगीलाई सर्भिस पासपोर्ट दिने व्यवस्था विधेयकमा गरिएको छ । यस्तै, विदेशमा पानीजहाजमा काम गर्नेहरूका लागि साधारण हरियो पासपोर्टसँगै ‘सिम्यान्स पासपोर्ट’ का रूपमा लग बुक उपलब्ध गराइने विधेयकमा प्रस्ताव गरिएको छ । पानीजहाजमा काम गर्नेका लागि राहदानी र भिसाको समस्या नहोस् भनेर यस्तो व्यवस्था गरिन लागेको हो ।

प्रकाशित मिति : २५ श्रावण २०७५, शुक्रबार ११:४०