१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

काठमाडौँ महानगरपालिका भ्रष्ट प्रहरीका कारण वद्नाम, पैसा नपाएपछि यस्तो गर्छन प्रहरी

२५ साउन, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका भ्रष्ट प्रहरीका कारण नेतृत्व वद्नाम हुँदै गएको छ । आफ्नो अधिकार र कर्तव्य दुबै विर्सेको महानगरका प्रहरी पैसाका लागि कतिसम्म गर्छन भन्ने कुरा सडकपेटीमा पसल राख्नेहरुले बताउने गरेकै छन ।

१० रुपैयाँदेखि माथि घुस खान सुरु गर्ने महानगरका प्रहरी आफूले भनेको जस्तो भएन भने फुटपाथका व्यपारीलाई कुट्ने पिट्नेदेखि तीनका सामान छरपस्ट पार्ने र महानगरपालिकाको कार्यालयमा लगेर बाँडेर लानमा अब्बल रहेका छन ।

महानगरका प्रहरीले सडकबाट व्यापारीसँग लुटेर लाने सामानहरु आदी हराउने गरेको छ । हिजो प्रकाश ढकालले खिचेको एउटा यस्तै तस्बीर सामाजिक सञ्जालमा भाइरल बनेको छ । सामाजिक सञ्चालमा भाइरल भैरहेको उक्त तस्बीरमा चनाचटपट र पानीपुरी बेच्ने एकजना सडक व्यापरीको सामान बाटोमै छरपस्ट हुने गरी लडाएर फालएिका छ भने त्यो बाटोमा पोखिएको सामान ती व्यापारीले उठाइरहेका छन ।

उक्त तस्बीर सेयर गर्दै काठमाडौँ महानगरपालिकाका मेयरलाई गाली गर्नेहरु अहिले धेरै देखिएका छन । सडकपेटीमा व्यपार गर्न नदिने हो तर बाटामा सामान छरेर सडकपेटी फोहर गर्ने र अनावश्यक दुःखदिने काम नगरप्रहरीको हैन तर दिनहुँ उनीहरुले त्यसै गरीरहेका हुन्छन । अनि यस्तै विषयसँग जोडेर सामाजिक सञ्जालमा जनप्रतिनिधिको आलोचना भइरहेको हुन्छ ।

प्रकाशित मिति : २५ श्रावण २०७५, शुक्रबार ०६:३३