१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

नुवाकोट दुप्चेश्वरका १८ वर्षीय राम पण्डित तादी खोलामा वेपत्ता

२५ साउन, नुवाकोट । तादी खोलाले बगाएर दुप्चेश्वर गाउँपालिका–७ शिखरबेँसीका १८ वर्षीय राम पण्डित वेपत्ता भएका छन् । दुप्चेश्वर मन्दिर नजिकै तादी खोलामा आज पौडी खेल्ने क्रममा पण्डितलाई खोलाले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए ।

साथीसँग खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाइ बेपत्ता भएका युवा पण्डितको स्थानीय बासिन्दा, आफन्त तथा प्रहरीले खोजी गरिरहेका छन् ।

प्रकाशित मिति : २५ श्रावण २०७५, शुक्रबार ०५:१७