२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

अर्जुन न्यौपानेलाई त्रिशुली अस्पतालको अध्यक्षबाट नहटाउन सर्वोच्चको आदेश

१३ फागुन, काठमाडौँ । सर्वोच्च अदालतले माओवादी केन्द्रका नेता अर्जुन न्यौपानेलाई त्रिशुली अस्पतालको अध्यक्षबाट नहटाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । नेपाली कांग्रेसका नेता एवं बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामले प्रदेश अन्तर्गताका सबै अस्पतालका अध्यक्ष हटाएको भए पनि चार जना अध्यक्ष सर्वोच्च पुगेका थिए । त्यसमध्ये एक नुवाकोटका न्यौपाने रहेका थिए ।

शुक्रबार सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश दिँदै न्यौपानेसहितका लागि नहटाउन भनेको छ । न्यायाधीस हरिप्रसाद फुयाँलको एकल इजलासले बागमती प्रदेशअन्तर्गतका भक्तपुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मिलन सुवाल, त्रिशुली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष न्यौपाने, रसुवा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रामशरण कुइकेल र धादिङ अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र धमलालाई नहटाउन आदेश दिएको छ । शुक्रबार नै बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले नेपाली कांग्रेसका कार्यकर्ताहरूलाई अस्पतालको अध्यक्षको रूपमा नियुक्त गरेर पठाएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार १८:४८