९ मंसिर २०८१, आईतवार | Sun Nov 24 2024

शिखर इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्दै

१३ फागुन, काठमाडाैँ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले चैत १ गतेदेखि ३० प्रतिशत अर्थात् १ बराबर शून्य दशमलव ३ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरका ५२ करोड ७५ लाख ५७२ रुपैयाँ बराबरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद निष्काशन तथा विक्री खुला गर्न लागेको हो ।

हकप्रद निष्काशनका लागि कम्पनीले माघ २१ गते बुक क्लोज गरेको थियो । त्यसकारण माघ २० गतेसम्म कायम  शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् । उक्त शेयरमा चैत २१ गतेसम्म आवेदन दिन पाउनेछन् । हकप्रद शेयर विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।


कम्पनीको हकप्रदलाई इक्रा नेपालले इन्स्योरेन्सलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए प्रदान गरेको छ । यसले वित्तीय दायित्व पुरा गर्न पर्याप्त मात्रामा सुरक्षित रहेको संकेत गर्दछ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार १२:४८