नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमै रहने, पेरिसडाँडामा जनसंगठन र विभागका कार्यालय राखिने
२४ साउन, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कार्यालय धुम्बाराहीमै रहने भएको छ । नेकपाको बिहीबार बसेको सचिवालय बैठकले नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमै राख्ने निर्णय भएको हो ।
उसअघि केन्द्रीय कार्यालय कहाँ रहने भन्ने विषयमा नेताहरूबीच चर्को मतभेद रहेको थियो तर बिहीबारको सचिवालय बैठकले एकमतले केन्द्रीय कार्यालयको विषय टुंग्याएको हो ।
बैठकले पेरिसडाँडामा जनसंगठन र विभागका कार्यालय राख्ने निर्णय गरको छ । त्यस्तै पार्टीको स्थायी समितिको बैठक भदौ ८ र ९ गते बस्ने निर्णय समेत गरको छ ।
प्रकाशित मिति : २४ श्रावण २०७५, बिहीबार १७:५८