१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

नेकपा सञ्चालनको निर्देशिका बनाउन नेम्वाङ र रावलसिहतको ६ सदस्यीय कार्यदल गठन

२४ साउन, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी सञ्चलनकाे निर्देशिका तयार गर्ने भएको छ । नेकपाको बिहीबार सम्पन्न सचिवालय बैठकले पार्टी सञ्चालनको निर्देशिका बनाउन छ सदस्यीय कार्यदल बनाउने निर्णय गरेको छ ।

कार्यदलमा सुवास नेम्वाङ, भीम रावल, हरिबोल गजुरेल, पम्फा भुसाल, जनार्दन शर्मा र बेदुराम भुसाल सदस्य रहेका छन । त्यस्तै बैठकले जनसंगठन, पार्टीका प्रदेश र जिल्लामा एकताका लागि बनाइएको कार्यदलको समय साउन मसान्तसम्म थपेको छ ।

त्यस्तै कार्यदललाई ज्येष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार समिति, विभाग र आयोग सदस्यहरुको नाम सिफारिस गर्ने कार्यादेश पनि थपिएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७५, बिहीबार १७:५४