११ मंसिर २०८१, मंगलवार | Wed Nov 27 2024

कांग्रेस नेता एवं गुण्डा नाइके गणेश लामा सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर, १ वर्ष कैद

२४ साउन, काठमाडौँ । नेपाली कांग्रेस नेता एवं गुन्डा नाइके गणेश लामा सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन् । गत प्रदेशसभा  निर्वाचनमा काभ्रेमा नेपाली कांग्रेसबाट चुनाव लडेका लामा चन्द्र लामासँग पराजित भएका थिए ।

विशेष अदालतले लामालाई लामालाई १ वर्ष कैद, बिगो बमोजिमको जरिवाना र त्यस बमोजिमकै सम्पत्ति जफत हुने फैसला सुनाइएको छ । लामामाथि १ करोड ४० लाख ५० हजार रुपैयाँ बिगो दाबी गर्दै ५ जेठ ०७० मा मुद्दा दर्ता भएको थियो ।

अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायधिश द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको इजलासले लामाको मुद्दा फैसला गरेको हो। गाैशलामा गोली चलाएर शान्ति सुरक्षामा खलल पुर्याएको भन्दै काठमाडौं प्रहरी परिसरको टोलीले लामालार्इ गौशालाबाट पेस्तोलसहित पक्राउ गरेपछि केन्द्रीय कारागारमा बस्दै अाएका छन ।

प्रकाशित मिति : २४ श्रावण २०७५, बिहीबार १७:१०