१७ फाल्गुन २०८२, आईतवार | Mon Mar 2 2026

एशियाकप क्रिकेटका लागि उन्नाइस खेलाडी छनोट

२४ साउन,काठमाडौँ । मलेसियामा हुने एशियाकप क्रिकेटका लागि प्रारम्भिक चरणमा १९ खेलाडी आज छनोट गरिएको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काको टोलीले अनिलकुमार साह, वसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, किशोर महतो, ललितसिंह भण्डारी, ललितनारायण राजवंशी, आरिफ शेख, प्रदीप ऐरी, रोहितकुमार पौडेल, सागर पुन, सन्दीप लामिछाने, सोमपाल कामी, सुवास खकुरेल, सुनिल धमला र सुशन भारीलाई छनोट गरेको हो ।

अघिल्लो साता नेदरल्याण्ड्समा सम्पन्न पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय खेलका क्रममा घाइते शरद भेषवाकर प्रारम्भिक टोलीमा परेका छैनन् । नेदरल्यान्ड्सविरुद्धको एकदिवसीय खेलमा नरहेका सुनिल धमला, सागर पुन, विनोद भण्डारी, सुसन भारी र किशोर महतो प्रारम्भिक टोलीमा परेका छन्

बन्द प्रशिक्षण यही साउन २९ गतेदेखि शुरु हुने नेपाली क्रिकेट टोलीका व्यवस्थापक रमनकुमार सिवाकोटीले जानकारी दिनुभयो । उक्त प्रशिक्षणबाट एशियाकपका लागि १५ सदस्यीय टोली घोषणा गरिनेछ । छनोट प्रतियोगिता आगामी भदौ ११ देखि २२ गतेसम्म मलेसियाम हुँदैछ । उक्त प्रतियोगितामा युएई, हङकङ, नेपाल, सिंगापुर, मलेसिया र ओमानबीच प्रतिस्पर्धा हुनेछ । छनोट प्रतियोगितामा सहभागी ६ टोलीमध्ये शीर्षस्थानको टोली भदौ ३० गतेदेखि युएईमा हुने एशियाकपमा छनोट हुनेछ । उक्त प्रतियोगिताबाट छनोट हुने टोली एशियाकपको समूह ‘ए’ मा रहेका भारत र पाकिस्तानमा रहनेछ ।

प्रकाशित मिति : २४ श्रावण २०७५, बिहीबार १७:०६