११ मंसिर २०८१, मंगलवार | Tue Nov 26 2024

खाल्डोमै छिरेर मन्त्री महासेठले भने, ‘भदौ १२ भित्रै यो खाल्डो पुरिन्छ’

२४ साउन, काठमाडाैँ । बिहीबार बिहान चाबहिल जोरपाटी सडको निरीक्षणमा गएका भाैतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सडकको खाल्डोमै छिरेर भदौ १२ भित्रै सो सडकखण्डमा खाल्डाखुल्डी नरहने बताएका छन ।  सडक सीमा छुट्टाएको स्थानमा २२ मिटर नै, नभएको स्थानमा आठ मिटर सडक मर्मत तथा कालोपत्रे गर्ने गरी व्यवस्था मिलाइएको उनले बताए ।

उनले भने “कालोपत्रे गर्न त केही समय लाग्ला तर खाल्डाखुल्डी, हिलो र धुलोरहित बनाउन हामी प्रयत्नशील छौँ, सोहीअनुसार काम गर्छौं ।” आयोजनाका इञ्जिनियर विश्वविजयलाल श्रेष्ठले चालू आर्थिक वर्षभित्रै सो सडकखण्ड पूर्णरुपमा कालोपत्रे हुने बताए । स्थानीयले मन्त्री महासेठसँग चाबहिल–साँखु सडक कहिले निर्माण सम्पन्न हुन्छ र हामीले सास्तीबाट कहिले मुक्ति पाउँछाैँ भन्दै प्रश्न गरेका थिए ।

जवाफमा मन्त्री महासेठले भने, “हामी प्रयासरत छाैँ, केही समयभित्रै समस्या समाधान हुन्छ ।” तीन वर्ष पहिलेदेखि सो सडकखण्ड विस्तार शुरु भएपनि अझै काम सकिएको छैन ।

प्रकाशित मिति : २४ श्रावण २०७५, बिहीबार १४:५८