४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

एम डि डट एस एलिगेन्स जहाँ पाइन्छ ब्रान्डेड सुट र साडी

११ फागुन, काठमाण्डौ । ब्रान्डेड कपडा सौखिनहरुको लागि ठमेलमा एम डि डट एस एलिगेन्स संचालनमा आएको छ । ठमेल स्थित छाँया सेन्टरको भुँइ तल्लामा एलिगेन्सको महिला र पुरुषको लागि दुई छुट्टा छुट्टै पसल संचालनमा आएको संचालक मुन्ना मास्टरले बताउनु भयो ।

२४ वर्षदेखी नेपालमा  कपडा सम्बन्धि व्यवसाय गर्दै आउनु भएका ४८ वर्षिय मुन्ना मास्टरले सुरुवाती काम बम्बैबाट सिक्नु भएको हाे । टेलरिङबाट आफनो पेशा सुरु गर्नुभएका वहाँले कटिङ अनि फ्याक्टी समेत संचालन गर्दै आउनु भएको छ ।

छाँया सेन्टर भित्र रहेको आउटलेटमा पुरुषको लागि कोट, पाइन्ट, सेरवानी, लङकोट, टाइ लगायतका इटालियन ब्रान्डेड सामान पाइन्छ । इटालियन कपडाहरु पछिल्लो समय धेरैले रुचाएको ब्रान्डमा पर्दछ । सँगसँगै रिड, लोरो पियना, डोरमेल लगायतका विश्व प्रख्यात ब्रान्डका कपडाहरु समेत त्यहाँ पाइने मास्टरले बताउनु भयाे ।  रेडिमेड कोट पाइन्ट आफनो छनौटमा सिलाउन सकिने यहाँ अर्डर गरेको ३ दिनमा कपडाहरु ग्राहकलाई दिने गरेको वहाँले बताउनु भयो । महिलाहरुको छुट्टै पसल रहेको एलिगेन्समा विवाह, पार्टीहरुको लागि विभिन्न सारी, गाउन, कुर्ती, प्लाजो, पाइन्छ । त्यहाँ विशेषगरी वनारसी सारीहरु धेरैले रुचाएका छन ।

अनलाइन मार्फत अर्डर र डेलिभरीको व्यवस्था रहेको सो पसलले ग्राहकको इच्छा अनुसार अफिस, घरमै बोलाएर नाप लिने व्यवस्था समेत गरेको छ । त्यहाँ सिलाएकाे कपडाहरु विदेशमा समेत रुचाउन थालिएको छ । नेपालबाट विदेशमा समेत डेलिभरी गरिरहेकाे वहाँले बताउनु भयाे ।  www.brandmds.com मार्फत छाँया सेन्टरमा रहेको पसलमा ०१५२५२२८० /९८५१०९१२९३ मा सम्पर्क गरी कपडाहरू अर्डर गर्न सकिन्छ।

 

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार १७:०८