२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

संविधान अनुसार सांसद हुँदै मन्त्री भएका नवलकिशोर साह भन्छन यो संविधान मान्दिन

२४ साउन, काठमाडाैँ । संविधान अनुसार सांसद हुँदै मन्त्री भएका प्रदेश २ का नवलकिशोर साहले संविधान नमान्ने बताएका छन ।  मधेसी पत्रकार समाज नेपालले जनकपुरमा आयोजना गरेको कार्यक्रममा राजपाबाट मन्त्री बनेका साहले मधेसविरोधी संविधानलाई आफूले नमान्ने दाबी गरे ।

उनले भने ‘यो संविधान अनुसार भएको निर्वाचनमा भाग लिएँ, सांसद निर्वाचित पनि भए,’ साहले भने, ‘अहिले मन्त्री भएर नेपालको झण्डा फहराएर हिंड्छु तर यो संविधान मान्दिनँ ।’ ठूलो संघर्षपछि आएको संविधान ९९ प्रतिशत जनताले मानेका छन् । तर प्रदेश सरकारको मन्त्रीले नै यहि संविधान मान्दिनँ भन्नु कतिको जायज होला ?

प्रकाशित मिति : 14:02