१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

धरानमा झाेलामा भेटिएको शव झापाका दिपक सिग्देलको भएको खुलासा

१० फागुन, काठमाडाैँ । सुनसरीको धरान ४ स्थित जङ्गलमा एक हप्ता अगाडि भेटिएको शवकाे पहिचान खुलेकाे छ ।  उक्त शव झापा दमक ५ का ४३ वर्षीय दिपक सिग्देल भएकाे प्रहरीले जनाएकाे छ ।

प्रहरीका अनुसार सोमबार राती सिग्देलका परिवारले शवको सनाखत गरेका हुन् । सिग्देल भर्खरै बहराइनबाट २० पुसमा नेपाल फर्किएका थिए ।

गत बुधबार सो स्थानमा बोरामा मान्छेको टाउको तथा दाहिने खुट्टा एउटामा र त्यसको भोलिपल्ट बिहान घटनास्थलबाट उत्तर धरधरे भन्ने स्थानमा अर्को बोरामा बाँकी शरीर भेटिएको थियो । शव पहिचान भएसँगै अनुसन्धानमा सहयोग पुग्ने प्रहरीले जनाएकाे  छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलवार १२:००