मेगा बैंकमा रोजगारीको अवसर, म्यानेजरदेखि असिस्टेन्टसम्म ९८ कर्मचारी माग
२४ साउन, काठमाडाैँ । टुरिजम डेभलपमेन्ट बैंकलाई मर्ज गरी व्यवसाय तथा शाखा बिस्तारमा आक्रामक ढंगले प्रस्तुत भएको मेगा बैंक लिमिटेडले एकैसाथ निकै ठूलो संख्यामा कर्मचारी मागेको छ ।
मेगा बैंक लिमीटेडले बुधबार सूचना प्रकाशित गर्दै म्यानेजर लेभलदेखि असिस्टेन्ट लेभलसम्मको पदमा ९८ कर्मचारी मागेको हो । सबैभन्दा बढी असिस्टेन्ट लेभलमा ७४ कर्मचारी मागिएको छ ।
अफिसर लेभलमा २३ जना र म्यानेजर लेभलमा १ कर्मचारी मागिएको हो । म्यानेजर र अफिसर लेभलमा काम गर्न अनुभव चाहिनेछ भने असिस्टेन्ट पदमा भने फ्रेस जनशक्तिले आवेदन दिन सक्नेछन् ।
प्रकाशित मिति : २४ श्रावण २०७५, बिहीबार ०८:४३