६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

सुनकाे मूल्य ताेलामा ४०० रुपैयाँले घट्यो


९ फागुन, काठमाडौँ । सुनको भाउ सोमबार प्रतितोलामा ४०० रुपैयाँको दरले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको ९६ हजार २०० रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन तोलाको ९६ हजार ६०० रुपैँयामा कारोबार भएको थियो ।

यसैगरी, सोमबार तेजावी सुनको भाउ तोलाको ९५ हजार ७०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य भने पाँच रुपैयाँले घटेको छ । आइतबार एक हजार ३०५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार एक हजार ३०० रुपैयाँ निर्धारण भएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार ११:१७