१ मंसिर २०८१, शनिबार | Sat Nov 16 2024

विदेशी मुद्राको आजको विनिमय दर

९ फागुन, काठमाडाैँ । नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ १६ पैसा र बिक्री दर १२० रुपैयाँ ७६ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १३४ रुपैयाँ ९२ पैसा र बिक्री दर १३५ रुपैयाँ ६० पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६१ रुपैयाँ ९६ पैसा र बिक्री दर १६२ रुपैयाँ ७८ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ २९ पैसा र बिक्री दर १२९ रुपैयाँ ९४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ४९ पैसा र बिक्री दर ८५ रुपैयाँ ९२ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ४५ पैसा रहेको छ भने बिक्री दर ९३ रुपैयाँ ९२ पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ३६ पैसा र बिक्री दर १० रुपैयाँ ४१ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ८४ पैसा र बिक्री दर १८ रुपैयाँ ९३ पैसा रहेको एक राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ७६ पैसा र बिक्री दर ३१ रुपैयाँ ९२ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ५३ पैसा र बिक्री दर ३२ रुपैयाँ ६९ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४७ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ६१ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर नाै रुपैयाँ ९७ पैसा एक पैसा र बिक्री दर १० रुपैयाँ दुई पैसा कायम भएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार ११:०८