२३ बैशाख २०८१, आईतवार | Sun May 5 2024

‘प्रस्ताव गर्नुपर्दा त बरू झुण्डिन तयार हुन्छु‘ भन्ने निर्लज्ज (खल)नायक…


८ फागुन, काठमाडौँ । नेकपा माओवादी केन्द्रको छायाँ बनेर सभामुख पदको गरिमा नै समाप्त पार्ने तरखरमा रहेका अग्नि सापकोटाले एक साता अघिमात्र गरेको प्रतिवद्धता आज धेरैले सम्झिरहेका छन । त्यतिखेर सापकोटाले संसदको सबैभन्दा ठूलो दल नेकपा एमालेसहित सहमति नहुँदासम्म एमसीसी संसदमा टेबुल नगर्ने बताएका थिए । तर आइतबार उनले हुन्न हुन्न भनेजस्तो गरी सीधै संसदमा पेश गरे । त्यतिखेर ‘प्रस्ताव गर्नुपर्दा त बरू झुण्डिन तयार हुन्छु‘ भनेको सभामुखको भनाइ अहिले धेरैले सामाजिक सञ्जालमा लेखिरहेका छन ।

यहीबीचमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य ईश्वर पोखरेलले पनि सभामुख माथि टिप्पणी गरेका छन । वरिष्ठ नेता पोखरेलले सभामुखलाई खलनायकको संज्ञा नै पनि दिएका छन । सत्ता र शक्तिको दुरूपयोग गरेर सडक र सदनमा देखाइएको गतिबिधिलाई नाटक मञ्चनको उपमा दिँदै पोखरेलले यस्तो भनेका छन

अनुचित र अबैध गर्भाधानबाट जन्मेको ‘गठवन्धन’ ले देखाएको आजको नाटक मन्चन –
सूत्रधारहरू मुसुमुसु हाँसेर बसिरहने ! संगैकाहरू सजिलै/ अप्ठ्यारै गरी बसिरहने ! अनुयायीहरू पछि बसेर विरोधमा नारा लगाइरहने ! ‘प्रस्ताव गर्नुपर्दा त बरू झुण्डिन तयार हुन्छु‘ भन्ने निर्लज्ज (खल) नायक चाहिं सहज ढंगले लाजशरम पचाएर प्रकृया अगाडि बढाइरहने ! वाह रे ‘गठवन्धन’ ! वाह रे ‘गठवन्धन’ का निर्लज्ज सूत्रधार ! वाह रे त्यसका भक्तजन र अनुयायीहरू !!

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आईतवार १६:२९