११ आश्विन २०८१, शुक्रबार | Fri Sep 27 2024

जीवन विकास लघुवित्तले ७३ प्रतिशत लाभांश वितरण गर्ने

८ फागुन, काठमाडाैँ । जीवन विकास लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । फागुन ७ गते बसेको लघुवित्त सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हाे ।

लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पूँजी ६० करोड ८४ लाख रुपैयाँको ७० प्रतिशत अर्थात ४२ करोड ५८ लाख ८० हजार रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ३.६८ प्रतिशत बराबरकाे २ कराेड २४ लाख १४ हजार रूपैयाँ नगद गरी ७३.६८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

७० प्रतिशत बाेनस शेयर वितरण पश्चात लघुवित्तको चुक्ता पूँजी एक अर्ब ३ कराेड ४२ लाख ८० हजार रूपैयाँ पुग्नेछ । उक्त लाभांश राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आईतवार १३:४२