बर्खे धानको मूल्य तोकियो, कुन धानको मूल्य कति ?
२४ साउन, काठमाडौँ । सरकारले बर्खे धानको मूल्य तोकेको छ । बुधबार राति प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद्को बैठकले बर्खे धानको मूल्य तोकेको हो ।
आर्थिक वर्ष २०७५/०७६ का लागि बर्खे धानको न्युनतम समर्थन मूल्य मोटा धानको २ हजार ३ सय ३१ रुपैया २२ पैसा र मध्यम धानको २ हजार ४ सय ६० रुपैया ५७ पैसा प्रतिक्वीन्टल कायम गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।
किसानको बर्खे धान भित्र्याउने बेला भएको र सरकारले समयमै समर्थन मूल्य तोक्नुपर्ने आवश्यकताबमोजिम आर्थिक वर्ष २०७५/०७६ का लागि बर्खे धानको न्यूनतम समर्थन मूल्य तोकिएको हो ।
प्रकाशित मिति : २४ श्रावण २०७५, बिहीबार ०७:३८