५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

सुनको मूल्य ताेलामा १०० रुपैयाँले बढेको


८ फागुन, काठमाडौँ । सुनको भाउ साताकाे पहिलाे दिन आइतबार प्रतितोलामा १०० रुपैयाँको दरले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको ९६ हजार ६०० रुपैयाँ कायम भएको छ । गत साताकाे अन्तिम दिन शुक्रबार छापावाल सुन तोलाको ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, आइतबार तेजावी सुनको भाउ तोलाको ९६ हजार १०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको मुल्य भने स्थिर छ । शुक्रबार एक हजार ३०५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्य कायम गरिएकाे महासंघले जनाएकाे छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आईतवार ११:१४