११ आश्विन २०८१, शुक्रबार | Fri Sep 27 2024

पेट्रोलियम पदार्थको मूल्यवृद्धिमा परमादेशी सरकारको नयाँ कीर्तिमान, पेट्रोलको मूल्य १४५

७ फागुन, काठमाडाैँ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिमा परमादेशी सरकारले नयाँ कीर्तिमान बनाएको छ । भारतसँग ८५ रूपैयाँमा किनेटको पेट्रोल अब सरकारले १४५ रूपैयाँमा बिक्री गर्ने भएको छ ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल र डिजेल तथा मट्टितेलको साबिकको बिक्री मूल्यमा प्रति लिटर ३ रुपैयाँले वृद्धि गरेको हो । यससँगै पेट्रोलको खुद्रा बिक्री मूल्य १४५ र डिजेल र मट्टितेलको १२८ रुपैयाँ कायम भएको निगमले जनाएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार २१:४०