६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

भारतीय भू्मिबाट पनि एमसीसीको बिरोध

६ फागुन, काठमाडाैँ । भारतीय भूमिबाट पनि एमसीसीको बिरोधमा नेपाल सरकारलाई ध्यानाकर्षण पत्र पठाइएको छ । अमेरिकी सहयोगको परियोजना “एमसीसी” को विरोधमा देशभैर प्रदर्शन भैरहेको समयमा अखिल भारत नेपाली एकता मंचले भारतस्थित नेपाली दूतावास मार्फत नेपाल सरकारको ध्यानाकर्षण गराएको हो ।

मञ्चले देशको स्वाधीनताको रक्षाका लागि एमसीसी संसदबाट अनुमोदन गर्न नहुने बताएको छ । उनीहरूले भारतस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत रामप्रसाद सुवेदीलाई ज्ञापन पत्र बुझाएका छन । एकता मंचका केन्द्रिय उप महासचिब आरबी खड्काको नेतृत्वमा प्रतिनिधि मन्डलमा केन्द्रीय सहकोषाध्यक्ष हरिप्रसाद अर्याल, केन्द्रीय सदस्य मानु श्रेष्ठ, जिवन शर्मा, नारायण बिक, अर्जुन दयाल, सूर्य राना, कमला थापा लगायत उपस्थित रहेका थिए ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार २१:०३