१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

७ करोड चन्दा असुल गरेको आरोप लगेका पूर्वमन्त्री विश्वकर्मा अझै पाँच दिन थुनामा रहने

२३ साउन, काठमाडौँ । ७ करोड चन्दा असुल गरेको आरोप लगेका पूर्वमन्त्री समेत रहेका नेकपा (विप्लव)का प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत काठमाडौंले प्रकाण्डलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । प्रहरीले खड्कालाई मंगलबार साँझ करिव साढे ७ बजेतिर चाल्नाखेलबाट पक्राउ गरेको थियो ।

प्रारम्भिक अनुसन्धानका क्रममा विभिन्न उद्योगपति, व्यवसायी लगायतबाट अवैध रुपमा करिव ७ करोड चन्दा असुल गरेको पाइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । यसैबीच विश्वकर्माको पक्राउको बिरोधमा यही भदौ २९ गते माओवादीले नेपाल बन्दको घोषणा गरेको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७५, बुधबार १९:२२