२३ बैशाख २०८१, आईतवार | Sun May 5 2024

प्रचण्डका ६ धोखा, सयाैँ झुटः माओवादी लडाकु र ज्ञानेन्द्रदेखि देउवा र ओलीसम्म पीडित


६ फागुन, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेसम्म धेरैलाई धोखा दिएका छन । जसलाई उनले क्रमभंगताको क्रान्तीको रूपमा व्यख्या गर्ने गरेका छन ।  धोखाको अर्को नाम पनि भन्ने गरेका छन । अझ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक मञ्चबाटै प्रचण्ड राष्ट्रिय समस्या भएको बताएका थिए ।

पत्रकार बबिता बस्नेतले फेसबुकमा छोटो टिप्पणी गर्दै प्रचण्डको ६ धोखा उल्लेख गरेकी छिन । प्रचण्डले सर्वप्रथम जनवादी ब्यवस्था ल्याउँछु भनेर माओवादी लडाकुलाई धोखा दिए । कतिसम्म भने नक्कली लडाकू खडा गरेर तीनका नाममा समेत राज्यबाट सुविधा लिएर प्रचण्डको नेतृत्वमा त्यसको दुरूपयोग भयो ।

जुन मुद्दा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा अहिले पनि विचाराधिर रहेका छन । सयौँ सहिद परिवार आज पनि भोकै रहने अवस्थामा छन । तर प्रचण्डले व्यपारिक स्वार्थका बिचौलियाहरूलाई माओवादीको नाममा करोडपति बनाएका छन । यद्यपी उनले सहिद परिवार र युद्धका घाइते अपांगहरूको बारेमा चिन्ता गर्न छाड्दैनन् तर उनले उन्नती भने तीनै विचौलियाहरूको गर्दै आएका छन ।

प्रचण्डले धीरेन्द्र मार्फत वार्ता गरी राजसंस्था मान्छौं भनेर राजालाई धोखा दिए, राष्ट्रपति बनाउछु भनेर तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई धोखा दिएका थिए ।

त्यस्तै प्रचण्डले पार्टी अध्यक्ष बनाउँछु भनेर डा। बाबुराम भट्टराईलाई पनि धोखा दिए । प्रचण्डबाट धोखा खाएका बाबुराम माओवादी छाडेर नयाँ दलको अभियानमा लागे यद्यपी त्यहाँ असफलता मिलेपछि उनी मधेशको नाममा राजनीति गरिरहेको जसपामा पुगेका छन ।

त्यस्तै प्रचण्डले तपाईकै नेतृत्वमा पाँच बर्ष सरकार चलाउन दिन्छु भनि तीन बर्षमैं सरकार ढालेर केपी ओलीलाई धोखा दिए । उनले केपी ओलीलाईमात्र धोखा दिएनन् नेकपा एमाले पनि फुटाइदिए ।

प्रचण्डले पछिल्लो पटक एमसीसी पास गर्छु भनेर सरकारमा पुगेपछि शेर बहादुर देउवा र अमेरिकालाई धोखा दिए । समर्पणपत्र लेखेर एमसीसी पास गर्ने प्रतिवद्धता जनाएका प्रचण्ड उक्त पत्र सार्वजनिक भएपछि करिब विक्षिप्त बनेका छन । उनले चुनावका लागि पाँच दलीय गठबन्धन कायम गर्नका लागि अन्य धोखाको खोजिगरिरहेका छन ।

धोखामात्र हैन नागरिकका बीचमा झुट बाँड्ने नेता पनि हुन प्रचण्ड । प्रचण्डका सयौँ झुट नागरिकका बीचमा छर्लंगै रहेका छन ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार ०८:२२