३ पुष २०८२, बिहीबार | Thu Dec 18 2025

नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाल नियुक्त

५ फागुन, काठमाडौँ । पूँजी बजार क्षेत्रको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्ड अध्यक्षमा रमेश हमाल नियुक्त भएका छन् । हमाललाई बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले  बोर्ड अध्यक्षमा नियुक्त गरेको हो ।

यसअघि छनोट समितिले तीन जनाको नाम सिफारिस गरेको थियो । छनोट समितिले हमालसँगै नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपाल भट्ट र बोर्डमै कार्यरत कृष्ण पोखरेलको नाम छनोट समितिले सिफारिस गरेको थियो ।

तत्कालिन अध्यक्ष भिष्मराज ढुंगानालाई सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएपछि सरकारले पदमुक्त गरेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाकै चाहानामा हमाल अध्यक्ष नियुक्त भएका हुन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहीबार १७:२९