२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

५ फागुन, काठमाडाैँ । हाल देशमा पश्चिम न्युन चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ । दिउँसो प्रदेश १ काे पहाडी भूभागको एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा सम्भावना छ । साे प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ ।

बाँकी भूभागमा माैसम सामान्य रहनेछ । शुक्रबार देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। राति उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहीबार ०७:२७