इमर्जिङ्ग नेपालको आईपीओ आज बाँडफाँड हुँदै
४ फागुन, काठमाडाैँ । इमर्जिङ्ग नेपाल लिमिटेडको आईपीओ आज (बुधबार) बाँडफाँड गरिने भएको छ । आज बुधबार दिउँसो ३ः३० बजे आईपीओ बाँडफाँड गरिने निष्काशन तथा बिक्रि प्रबन्धक एनआईसी एशिया क्यापिटलले जनाएको छ ।
कम्पनीले माघ २६ गतेदेखि फागुन १ गतेसम्म ५ लाख ५५ हजार कित्ता आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । जसमध्ये २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता कर्मचारीहरुलाई, ५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता सामूहिक लागनी कोषहरुलाई र ५ लाख १६ हजार ७०८ कित्ता शेयर सर्वसाधारणलाई छुट्याइएको छ ।

अन्तिम दिनसम्ममा कम्पनीको आईपीओमा २४ लाख १५ हजार ९१९ जना आवेदकले २ करोड ७८ लाख ३५ हजार ४२० कित्ता शेयरको २ अर्ब ७८ करोड ३५ लाख ४२ हजार रुपैयाँ बराबरको आवेदन दिएका छन् । यो माग गरिएको भन्दा ५३.८७ गुणा बढी हो ।
कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाद्धारा बाँडफाँड गरिने छ । गोलाप्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँड गर्दा ५१ हजार ६७० जनाले आईपीओ पाउनेछन् । १० कित्ताका दरले बाँडफाँट गर्दा ८ कित्ता बाँकि रहन्छ । उक्त ८ कित्ता ८ जनालाई ११ कित्ताका दरले बाँडफाँड गरिनेछ । बाँकी २३ लाख ६४ हजार भन्दा बढीको हात भने रित्तो हुने देखिएको छ ।
प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार १०:४६












