३ पुष २०८२, बिहीबार | Thu Dec 18 2025

इमर्जिङ्ग नेपालको आईपीओ भोली बाँडफाँड हुने

३ फागुन, काठमाडाैँ । इमर्जिङ्ग नेपाल लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ भोली बाँडफाँड हुने भएको छ । कम्पनीले माघ २६ गतेदेखि निष्काशन गरेको आईपीओ भोली बाँडफाँट हुने शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले जनाएकाे छ ।

आईपीओ भोली दिउँसाे ३ः३० मा बाँडफाँड हुने भएको हो । कम्पनीले निष्काशन गरेको कुल ५ लाख ५५ हजार कित्ता शेयरमध्ये २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरी बाँकी ५ लाख १६ हजार ७०८ कित्ता शेयर सर्वसाधारणको लागि बिक्री खुला गरेको थियो ।

कम्पनीको आईपीओमा २४ लाख १५ हजार ९१९ जना आवेदकले दुई अर्ब ७८ करोड ३५ लाख ४२ हजार रुपैयाँ बराबरको २ करोड ७८ लाख ३५ हजार ४२० कित्ता शेयरको लागि आवेदन परेको छ । यो सर्वसाधारणलाई छुट्टाएको ५ लाख १६ हजार ७०८ कित्ता शेयरको ५३.८७ गुणा बढी हुन आउँछ।

हाल कम्पनीको चुक्ता पूँजी ५० करोड ४० हजार रुपैयाँ छ। आईपीओ बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी ५५ करोड ५६ लाख रुपैयाँ पुग्नेछ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलवार २०:४५