न्यू होराइजन इंलिस बोर्डिङ स्कुलको शुल्क भुक्तानी इसेवाबाट गर्न सकिने
रूपन्देहीको कालिकास्थानमा रहेको न्यू होराइजन इंलिस बोर्डिङ स्कुलको शुल्क भुक्तानी इसेवाबाट गर्न सकिने भएको छ । अनलाइन शुल्क भुक्तानीको सेवा सुरू भएसँगै अब अविभावकले घरबाटै आफ्ना नानीबाबुहरूको स्कुलको शुल्क भुक्तान गर्न सक्नेछन् । अलाइन भुक्तानी सेवासम्बन्धि सम्झौतापत्रमा इसेवाका प्रोजेक्ट म्यानेजर आशिष गौतम र न्यू होराइजन बोर्डिङका प्रिन्सिपल लोकनाथ उपाध्यायबीच सम्झौता भयो ।
विद्यार्थीका अविभावकको व्यस्तता र शुल्क तिर्नकै लागि स्कुलमा जान नपरोस् भन्ने उदेश्यले अनलाइन भुक्तानीको सेवा सुरू गरिएको इसेवा फोन पे प्रा.लि.का प्रोजेक्ट म्यानेजर आशिष गौतमले बताउनुभयो । उहाँले भन्नुभयो ‘ अविभावकहरू आफ्नो व्यस्तताका कारण नानीबाबुहरूको शुल्क भुक्तानी गर्न जान समस्या परेको हामीले धेरै मात्रामा पाउँछौँ । अर्को कुरा शुल्क भुक्तानी गर्नकै लागि स्कुलसम्म जानुपर्ने समय र खर्चको बचत होस् भन्ने उदेश्यले हामीले अहिले स्कुलको शुल्क अनलाइनबाटै तिर्न सकिने सेवा प्रदान गरेका हौँ ।’

अनलाइन भुक्तानीको सेवा सुरू भएसँगै अब न्यू होराइजनका विद्यार्थीका अविभावकले आफ्नै मोबाईल तथा नजिकको इसेवा जोन तथा पोइन्टबाट शुल्क भुक्तानी गर्न सक्नेछन् । बच्चाबच्ची शहरमा राखेर पढाउने र आफु ग्रामिण भेग अथवा अन्यत्र बस्ने गरेका अविभावकलाई पनि अनलाइन भुक्तानीले झनै सजिलो बनाइदिएको छ । म्यानेजर गौतमले भन्नुभयो ‘बुटवलमा धेरै विद्यार्थीहरू पहाडबाट आएर अध्ययन गरिरहेका छन् । उनीहरुका अविभावकहरु केही ग्रामिण भेगमा त कोही विभिन्न सिलसिलामा बाहिर बस्नुहुन्छ, उहाँहरुलाई अझ सहज बनाएको छ अनलाइन शुल्क भुक्तानीको सेवाले । ’
न्यू होराइजन बोर्डिङ नेपालकै उत्कृष्ट विद्यालय मध्येकै एक हो । जसले रहेक वर्ष उत्कृष्ट नतिजा ल्याउँदै आएको छ । बोर्डिङमा ३४०० भन्दा बढि विद्यार्थी अध्ययनरत छन् । इसेवा नेपाल राष्ट्रबैंकबाट अनुमतिप्राप्त नेपालको पहिलो पेमेन्ट गेटवे हो । इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूमा शुल्क भुक्तानी गर्न सकिन्छ ।
इसेवामा हाल ४६ वटा बैंक सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ । हालसम्म इसेवाबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा ६० लाखभन्दा बढीले सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर करिब ३६ हजारभन्दा बढी एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् । यी जोन पोइन्टबाट यात्रुहरूले सहजै एयरलाइन्स्को टिकट खरिद गर्न सकिन्छ ।
प्रकाशित मिति : 16:24









