६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

करुणानिधिको अन्त्येष्टि मरिना बिचमै हुने


२३ साउन, काठमाडाैँ । तमिलनाडुका पूर्व मुख्यमन्त्री एम करुणानिधिको अन्त्येष्टि चेन्नईमा रहेको मरिना बिचमै हुने निश्चित भएको छ । करुणानिधिको मंगलबार बेलुका चेन्नई अस्पतालमा  निधन भएको थियो ।

करुणानिधिको पार्टीले उनको समाधिका लागि मरिना तटमा जमिन मागेको थियो । तर राज्य सरकारले त्यहाँ जमिन दिन नमिल्ने बताएपछि डीएमकेले मद्रास उच्च अदालतको ढोका ढकढकाएको थियो । उच्च अदालतले यस विषयमा बुधबार बिहान ८ बजे सुनुवाइ गर्दै मरिना तटमै करुणानिधिको समाधि बनाउन पाउने फैसला गरेको थियो ।

भारतीय समयअनुसार बुधबार साँझ चार बजे करुणानिधिको अन्तिम शव यात्रा निकालिनेछ । त्यसपछि मात्रै उनको अन्त्येष्टि गरिनेछ । करुणानिधिको निधनले भारतीय राजनीतिक क्षेत्रल एउटा हस्ती गुमाएको छ । उनको निधनमा भारतका राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतका व्यक्तिले श्रदाञ्जली व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २३ श्रावण २०७५, बुधबार १६:०४