१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

सदस्य सचिव डिल्ली भट्टले निलम्बनको पत्र लिएर फेरि समाजकल्याण परिषद्को कुर्सी कब्जा गरे

२३ साउन, काठमाडौँ । भ्रष्टाचारको आरोपमा निलम्बित भएका समाजकल्याण परिषद्का सदस्य सचिव डिल्ली भट्ट आज फेरी कुर्सी कब्जा गर्न पुगेका छन । मंगलबार मन्त्रालयले निलम्बनको पत्र थमाएका भट्ट आज फेरि परिषद्मा रहेको सदस्य सचिवको कार्यकक्षमा गएर कुर्सी कब्जा गरेर बसेका छन ।

कर्मचारीका अनुसार उनले हिजो आफैँले निलम्बनको पत्र लिएका थिए तर आज फेरि सदस्यसचिवका कुर्सी कब्जा गरेर बसेका छन । मोटो रकम तिरेर भ्रष्टाचारको अखडा मानिने परिषद्मा सदस्यसचिव पड्काउन सफल भएका भट्ट अहिले तत्कालीन मन्त्रीलाई बुझाएको पैसा उठाउने अभियानमा छन ।

मंगलबार उनको स्थानमा रक्षा मन्त्रालयका सहसचिव बीरबहादुर राईलाई नयाँ जिम्मेवारी दिइएर पठाइएको थियो । भट्टले पदीय दुरुपयोग गरेको, स्वदेशी तथा विदेशी गैरसकारी संस्थासँग पैशा लिने गरेको र पदीय जिम्मेवारी बहन नगरेको भने उजुरीको आधारमा उनलाई कारबाही गरिएको हो ।

तात्कालिन समयमा सीपी मैनाली मन्त्री हुँदा दक्षिणा चढाएर राजाको कालमा मुगुका टिके सभापति बनिसकेका भट्टले फेरी सदस्य सचिव बने लगत्तै हुकुमी शैलीबाट परिषद् चलाउदै आएका थिए ।

प्रकाशित मिति : २३ श्रावण २०७५, बुधबार १५:४७