२ मंसिर २०८१, आईतवार | Sun Nov 17 2024

नेपाल आयरल्यान्डसँग १६ रनले पराजित

२ फागुन, काठमाडाैँ । नेपाल चार देशीय टी–२० अन्तर्राष्ट्रिय शृङ्खला प्रतियोगितामा आयरल्यान्डसँग पराजित भएको छ । चार देशीय शृङ्खला अन्तरगतको तेस्रो तथा अन्तिम खेलमा नेपाल १६ रनले पराजित भएको हो ।

ओमानको अल अमेरात क्रिकेट रंगशालामा टस जितेर फिल्डिङ रोजेको नेपाललाई आयरल्यान्डले १२८ रनको लक्ष्य दिएको थियो । सो लक्ष्य पछ्याउने क्रममा नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १११ रन मात्र बनाउन सफल बन्यो ।

बलिङका क्रममा नेपालका दिपेन्द्रसिंह ऐरीले सर्वाधिक ४ विकेट लिएका थिए । यस्तै, उनले ब्याटिङतर्फ पनि सबैभन्दा बढी रन लिने खेलाडी बने । उनले ३० बल खेल्दै सर्वाधिक २८ रन बनाएका थिए ।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार १९:१५