२३ असार २०८१, आईतवार | Sun Jul 7 2024

एक झ्याल एक मन्त्रालयमा कीर्तिमान बनाएका पाण्डेले एकै पटक चार सय कर्मचारी सरूवा गरे


२ फागुन, काठमाडाैँ । एक झ्याल एक मन्त्रालयमा कीर्तिमान बनाएका बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले एकै पटक चार सय कर्मचारीको सरूवा गरेका छन । प्रदेश सरकारहरू मध्ये एकै पटक यति ठूलो संख्यामा कर्मचारी सरूवा गरेर पाण्डेले अर्को रेकर्ड कायम गरेका छन । सरकारले स्थानीय तहको निर्वाचन वैशाख ३० गते गर्ने घोषणा गरेपछि बागमतीको सरकारले एकै पटक चार सय कर्मचारी सरूवा गरेको हो ।

प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सबै भन्दा धेरै एक सय २० जना कर्मचारीको एकै पटक सरुवा गरिएको छ । अन्तर मन्त्रालयमा गरिने सरुवा मात्र मुख्यमन्त्री कार्यालयले गरेको हो । अरु मन्त्रालयहरुले आफ्ना मन्त्रालय र मातहतका कार्यालयमा कर्मचारीहरु सरुवा गरेका छन ।

बागमती प्रदेश सरकारले हरेक वर्ष असोज महिनामा मात्र सरुवा गर्न मिल्ने कार्यबिधिलाई संसोधन गरेर अहिले एकै पटक यतीका धेरै कर्मचारीको सरुवा गरेको हो । असोज महिनामा पनि प्रदेशका मन्त्रालयहरुले नियमित सरुवा गरिसकेका छन् । पार्टी निकटका कर्मचारीको व्यवस्थापनका लागि यस्तो निर्णय गरिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार ०८:५०