२३ असार २०८१, आईतवार | Sun Jul 7 2024

पदमुक्त नहुँदै प्रधानन्यायाधीश राणाको तस्बीर सर्वोच्चको वेभ साइटबाट गायब


१ फागुन, काठमाडौँ । संसदमा महाअभियोग दर्तापछि निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको तस्बीर सर्वोच्चको वेभ साइटबाट गायब पारिएको छ । कामु प्रधानन्यायाधीश दीपक कार्कीले राणाको तस्बीर हटाएर आफ्नो राख्न लाएका छन । प्रमाणित नहुने महाअभियोगमा पनि तस्बीर हटाएर आफ्नो राख्न कार्कीले धेरै हतार गरेको देखिएको छ । राणा निलम्बित भए पनि प्रधानन्यायाधीश नै हुन । उनले दैनिक काम गर्न नपाउनेमात्र हुन ।

कार्कीले राणा पदमुक्त नभइ सर्वोच्चको वेभ साइटबाट तस्बीर गायब पारेका छन । निलम्बन भएको अबस्थामा प्रधानन्यायाधीशको नाम हटाउन नपाइने व्यवस्था छ । यसअघि गोपाल पराजुलीले पनि शुसिला कार्कीको तस्बिर हटाएर आफ्नो राखेका थिए । पछि कसैले सुझाव दिएपछि उनले पुनः कार्कीको तस्बीर राखेका थिए । कार्की लगायतका न्यायाधीशकै मागका आधारमा सत्तारूढ गठबन्धनले प्रधानन्याधीश माथि महाअभियो लगाएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आईतवार २०:१९