५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

सुनको मूल्य तोलामा तीन सयले बढ्यो


२६ माघ, काठमाडौँ । नेपाली बजारमा बुधबार सुनकाे मूल्य सामान्य बढेकाे छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९३ हजार चार सय रुपैयाँ कायम भएको छ । मंगलबार तोलाको ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुनको मूल्य तोलाको ९२ हजार नौ सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको मूल्य प्रतितोलामा २० रुपैयाँले बढेको छ । सोमबार एक हजार २६० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार तोलामा एक हजार २८० रुपैयाँ कायम भएको महासंघले जनाएकाे छ ।

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार ११:१७