२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

ङादी ग्रुप पावरको नाफा २९.५२ प्रतिशतले बढ्यो

२५ माघ, काठमाडाैँ । ङादी ग्रुप पावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले समीक्षा अवधिमा ३ करोड ७४ लाख रुपैयाँ खुद नाफा गरेको छ।

गत वर्ष यही अवधिमा कम्पनीले २ करोड ८८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। जुन गत वर्षको यही अवधिको तुलनामा २९.५२ प्रतिशतले बढी हो।

यो अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी २८.६२ प्रतिशतले बढेको छ। गत वर्ष विद्युत बिक्रीबाट ५ करोड ८७ लाख रुपैयाँ आम्दानी गरेकोमा समीक्षा अवधिमा बढेर ७ करोड ५६ लाख रुपैयाँ पुगेको छ।

चुक्तापुँजी ७० करोड ६९ लाख रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङ ४ करोड ४७ लाख रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिमा रिटेन्ड अर्निङ ४ करोड २४ लाख रुपैयाँ रहेको थियो।

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १०.५८ रुपैयाँ, पीई रेसियो ७२.२८ गुणा र प्रतिसेयर नेटवर्थ १०६.३३ रुपैयाँ रहेको छ।

प्रकाशित मिति : February 8, 2022 at 3:13 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/